१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्याको पुनरागमनमा उपाध्यक्ष पोखरेलको समर्थन

राजनीतिमा रुचि राख्नु उहाँ (विद्या)को धर्म हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:oo:oo

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किनु नौलो नभएको बताएका छन् । राजनीतिक व्यक्ति नै रहेकाले राजनीतिमा फर्किन मिल्ने उनकाे भनाइ थियो । अध्यक्ष केपी ओलीसहित सबैको सल्लाहमा पार्टीमा भण्डारीको जिम्मेवारी तोकिनुपर्ने उनले बताए ।

‘उहाँ दलको प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । अब पोलिटिकल मान्छे हो कि होइन भन्ने प्रश्न छन् । पूर्वराष्ट्रपति एउटा पोलिटिकल मान्छे हो । पोलिटिकल मान्छे हो भन्नेमा किन इफ–बट भनेको ? इफ–बटको केही जरुरी छैन,’ पोखरेलले भने, ‘पोलिटिक्स गरेर आएको व्यक्तिमा पोलिटिक्सप्रति रुचि हुन्छ । यो के अनौठो भो ? पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो । अब के गर्ने, कसो गर्ने, त्यो त सल्लाह हुन्छ । अध्यक्षज्यूसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौँ, र टुंगिन्छ । यसमा तातेको तावामा उफ्रेजस्तो किन गरेको ?’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए असन्तुष्टिले विस्फोटको रूप लिने चेतावनीसमेत दिए । ‘पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ । विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह–विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । असन्तुष्टि निश्चित विन्दुमा पुगेपछि विस्फोट हुन्छ,’ जबजको व्याख्या गर्दै पाखेरेलले भने ।

उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि ध्यान दिनुपर्ने औँल्याए । लहडमा नभई धेरै सोच–विचार गरेर पार्टीमा उमेरहदको व्यवस्था गरिएको पनि बताए । ‘त्यसवेला पारित भएका दस्ताबेज जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणबारे कुरा गर्‍यौँ । कार्यकाल र उमेरका कुरा गर्‍यौँ । नियन्त्रण र सन्तुलनका कुरा पनि गर्‍यौँ र थुप्रै कुरा राख्यौँ,’ उपाध्यक्ष पोखरेलले भने, ‘त्यो कुनै झ्वाँकमा राखेको होइन । सुविचारित ढंगले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’

एमालेले २०–२२ भदौमा विधान महाधिवेशन गर्दै छ, जहाँ नेतृत्वको उमेरहद र कार्यकालको विषय टुंग्याउने तयारी छ । पार्टी अध्यक्ष ओली र उनीनिकट नेताहरू ७० वर्षे उमेरहद र कार्यकाल सीमा तोक्न नहुने पक्षमा छन् । तर, उपाध्यक्ष पोखरेलसहित ओली समूहइतरका नेता भने उमेरहदको पक्षमा छन् ।