१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राक्सिराङमा चट्याङले एक बालिकाको मृत्यु, पाँचजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १३:२६:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङले एक बालिकाको ज्यान लिएको छ । यस्तै पाँच जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार १३ गते साझ परेको चट्याङले राक्सिराङ गाउँपालिका वडा नम्बर ८ र ९ मा मानविय क्षति पुर्‍याएको हो।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङ ८ मेशिराङस्थित यनुस प्रजाको घरमा बसिरहेका बेला चट्याङ लागेर उनकी सात वर्षीया छोरी युनिका प्रजाको मृत्यु भएको हो ।चट्याङले प्रजाकी श्रीमती २६ वर्षीया रविना प्रजा घाइते भएकी छिन् । गम्भीर घाइते युनिकालाई उपचारका लागि मनहरी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

यस्तै राक्सिराङ ९ चिउराङ र घ्याल्चे क्षेत्रमा पनि चट्याङले चार जना स्थानीय घाइते भएका छन् । हिजो साझ परेको चट्याङले  स्थानीय ३३ वर्षीया सुनमाया तामाङ, ३५ वर्षीय विरसिङ मोक्तान, ३७ वर्षीया कमला मोक्तान, १९ वर्षीया डोल्मा मोक्तान घाइते भएका छन् ।चट्याङ लागेर एक घरको विद्युत मिटर बक्समा क्षति पुगेको प्रहरीले जनाएको छ।