१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ असार १४ शनिबार १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङको धनपालथानमा पाँच वर्षीया बालिकाको रहस्यमय हत्या 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १२:५७:oo

घरको ओछयानबाट हराएकी   मोरङको धनपालथानमीक एक पाँच वर्षीया बालिकाको रहस्यमय हत्या भएको छ। धनपालथान गाउँपालिका–६ बबियाविर्ता निवासी  अक्षय सरदारकी छोरी पाँच वर्षीया छोरी आत्तिका सरदारको रहस्यमय हत्या भएको हो। अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका राति ३ बजेतिर बेपत्ता भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो। 

बालिकाको शव घरबाट करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाहिर बाटोको छेउमा विभित्स अवस्थामा फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडाडलले बताइन्। प्रहरीका अनुसार आत्तिका शुक्रबार आमाबुवासँगै घरमा सुतेकी थिइन्। तर शनिबार बिहान उनी ओछ्यानमा नभेटिएपछि आमाबुबाले नजिकै रहेको प्रहरी चौकीमा खबर गरेका थिए। खोजी गर्ने क्रममा प्रहरीले बालिकाको शव अनुहार, घाँटी र  शरीरका विभिन्न भागमा  चोट भएको अवस्थामा  फेला पारेको थियो । 

घटना रहस्यमय भएकाले इलाका प्रहरी रंगेलीले गहन अनुसन्धान गरिरहेको छ। बालिकाको शव मेडिकल परिक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।