१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o७:oo

 संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११: ०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम  रहेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संयुुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै छन् । 

यस्तै  बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।