
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अर्थलाभका अवसर आउनेछन् । राजनीतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । सेयर बजारबाट सोचेअनुसारको सफलता मिल्नेछ । साताको अन्त्यमा परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्ये धनआर्जन गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभचिन्तक तथा आफन्तको साथसहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । नयाँ लगानीका मार्ग खुल्नेछन् । मायाप्रेममा सोचेअनुसार सफलता मिल्नेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धनआर्जन गर्न सकिनेछ । मनपरेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । साताको अन्त्यमा धार्मिक यात्राको योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा राजनीति तथा सामाजिक काम गर्दा ध्यान पुर्याउनुपर्नेछ । काममा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । घरमा नयाँ अतिथिको आगमन हुनेछ । बिहीबारपछि कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । पारिवारिक सहयोग प्राप्त हुँदैन । साताको अन्त्यमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको प्रारम्भमा व्यापार बढ्नुको साथै आम्दानीमा वृद्धि हुनेछ । पारिवारिक जमघट जुर्नुको साथै रमाइलो वातावरणमा समय व्यतीत गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । साताको अन्त्यमा आफन्तको सहयोगमा नयाँ कामको जिम्मेवारी मिल्नेछ । स्थानान्तरणको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार–व्यवसायमा समय दिन सके मनग्ये आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा धातु संग्रहको योग रहेको छ । आँट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समय फलदायी रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भमा पैतृक सम्पत्तिको प्रयोगमार्फत मनग्ये धनआर्जन गर्न सकिनेछ । व्यापार–व्यवसाय फस्टाएर जानेछ विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । साझेदारीमा गर्न लागेका कामबाट जस मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । धार्मिक यात्राको योग रहेकाले मनमा खुसियाली छाउनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग रहेको छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्ये धनलाभ हुनेछ । आफन्त वा साथीभाइले नि:स्वार्थ भावले सहयोग गर्नेछन् । साताको अन्त्यमा नयाँ ज्ञान प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । बुधबार र बिहीबार रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्ने योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा सोचेजस्तै प्रगति हुनेछ । आर्थिक पक्ष सबल रहने योग रहेको छ । बुधबारदेखि आफन्तबाट टाढिनुपर्नेछ व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । साताको अन्त्यमा अवसरका लागि कडा परिश्रम गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आय–आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । तर, श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ । बुधबारपछि बौद्धिक र लेखन कार्यमा सफलता प्राप्त हुने योग छ । सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । बोलीको भरमा काम सम्पन्न हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । साताको अन्त्यमा अकस्मात धन कमाउने योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । अनेक कुरा सुनिए पनि तपाईंको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउनेछ । साताको अन्त्यमा अचल सम्पत्ति हात पर्नेछ । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रवल रहेको छ ।