१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोहलपुर–सुर्खेत १३२ केभी लाइनको अवरोध हटाइने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रलायका सचिव सुरेश आचार्य, नेपल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले कोहलपुरदेखि सुर्खेतसम्म निर्माण भइरहेको एक सय ३२ केभी प्रसारणलाइन आयोजनाको कार्यप्रगति निरीक्षण अनुगमन गरेको छ ।

कोहलपुरदेखि सुर्खेतसम्म निर्माण भइरहेको उक्त लाइनले सम्पूर्ण कर्णालीमा देखिएको विद्युत्को समस्या समाधान हुने, उक्त क्षेत्रमा अन्य साना जलविद्युत् आयोजना निर्माणका लागि बाटो खोल्नेलगायत कर्णालीको विकासका लागि महत्वपूर्ण योगदान गर्ने भएकाले सो लाइन नेपाल सरकार तथा विद्युत् प्राधिकरणको उच्च प्राथमिकतामा रहेको छ ।

लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा तीनवटा पोल निर्माण तथा कन्डक्टर तान्न स्थानीयबाट अवरोध आई काम रोकिएको अवस्थामा ऊर्जा मन्त्रालयका सचिवसहित उच्च अधिकारीले निरीक्षण गरेका हुन् । अवरोध भएको स्थानमा के–कसरी कार्य गर्ने सम्बन्धमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकरीसहित बैठक तथा छलफल भएको थियो ।