१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format o७:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले अझै दुई वर्ष अल नासरबाटै खेल्ने

एसियमा फुटबल कल्चर विकास गर्न रोनाल्डो अल नासरमै रहने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४५:oo

क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अल नासरसँग दुई वर्षका लागि सम्झौता गरेका छन् । अल नासरलाई अहिलेसम्म उपाधि दिलाउन नसके पनि रोनाल्डोले आकर्षक पारिश्रमिक र प्रस्ताव आएपपछि सम्झौता गरेको एजेन्सीले जनाएको छ । ४० वर्षका रोनाल्डोले थप दुई सिजन आफूलाई फिट राख्दै क्लबलाई उपाधि दिलाउने बताएका छन् । 

‘एकपटक अल नासरलाई उपाधि दिलाउन मेरो प्रयास जारी रहन्छ, म पनि यहाँ आबद्ध भएदेखि उपाधिविहीन छु,’ उनले भने, ‘दुई वर्ष फिटनसेन लेभल राम्रो बनाउनुपर्छ, यसका लागि मिहिनेत गर्नेछु ।’ अल नासरसँगको सम्झौता सकिँदा उनी ४२ वर्षका हुनेछन् । २०२२ डिसेम्बरमा विश्वलाई चकित पार्दै उनले एसियन क्लब अल नासर रोजेका थिए । 

यसअघि उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध थिए । युनाइटेडका प्रशिक्षकसँगको सम्बन्ध बिग्रिँदा रोनाल्डोले साउदी प्रो लिग आफ्नो गन्तव्य बनाए । आगामी जुनमा रोनाल्डो र अल नासरबिचको सम्झौता सकिँदै थियो । सम्झौता अवधि बाँकी रहँदारहँदै दुई पक्षबिच पुन: सम्झौता भएको हो । जुनको पहिलो सातासम्म पनि क्लब फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्न रोनाल्डोले अल नासर छाड्ने अनुमान थियो । फिफा अध्यक्ष जिआनी इन्फाटिनोले पनि क्लब विश्वकपमा स्टार खेलाडीको उपस्थिति बाक्लो बनाउन रोनाल्डोका लागि बाटो खुला गरेका थिए । एसियन, युरोप तथा दक्षिण अमेरिकी क्लबले रोनाल्डोलाई तान्न खुला आह्वान गरेका थिए । तर, रोनाल्डोले क्लब फिफा विश्वकपभन्दा पनि एसियमा फुटबल कल्चर विकास गर्न लागेको बताएका छन् । 

नयाँ अध्याय सुरु
सम्झौतासँगै रोनाल्डोले करिअरमा नयाँ अध्याय सुरु भएको बताएका छन् । ‘अब प्रो लिगमा नयाँ अध्याय सुरु भएको छ, हामीहरूको एउटै सपना च्याम्पियन हो, यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘अब अल नासरले आगामी दुई सिजनमा इतिहास बनाउँछ ।’ पाँचपटक बालोन डि’अर जितेका रोनाल्डोले गत सिजनमा ४१ खेलमा ३५ गोल गरेका थिए । साउदी प्रो लिगमा उनी लगातार दोस्रोपटक सर्वाधिक गोलकर्ता चुनिए । उनले समग्रमा १११ खेलमा ९९ गोल संख्या पुर्‍याएका छन् । 

उनले क्लब तथा अन्तर्राष्ट्रिय खेलमा गरी ९३८ गोल गरेका छन् । उनको लक्ष्य फुटबल इतिहासमा छिट्टै हजार गोल पूरा गर्नु हो । यद्यपि, फुटबलमा ब्राजिलका पेले र रोमारियोले आफ्नो करिअरमा हजारभन्दा बढी गोल गरेका थिए । तर, यी दुई खेलाडीको कतिपय खेल आधिकारिक मानिएन । फिफाले विश्व फुटबलमा तथ्यांक राख्ने सुरु गरेपछि अफिसियल रूपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रोनाल्डो छन् । उनीपछि अर्जेन्टिनी कप्तान लियोनल मेसी रहेका छन् ।