१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

अर्थ मन्त्रालयले बजेट रोक्दा प्रहरीका वरिष्ठ सइले बढेको तलब पाएनन्   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

नयाँ पद सिर्जना गरेर बढुवा गरिएको करिब चार वर्षसम्म पनि पदअनुसारको तलब पाउन नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)ले हारगुहार गर्नुपरेको छ ।  मन्त्रिपरिषद्ले उनीहरूको  तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरे पनि अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा उनीहरूको वृद्धि भएको तलब रोकिएको हो ।

गत ३१ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको थियो । सोअनुसार बजेट निकासाका लागि गृह मन्त्रालयले लेखेर पठाएकामा अर्थले रोकेर राखेको छ । 

प्रहरीका वरिष्ठ सइले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए ।  उनीहरूले पाँच ग्रेडसम्म पाउने गरी ग्रेड समायोजनको निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।  हाल दुई ग्रेडसम्म मात्र हुँदा उनीहरूको तलब सइको भन्दा २६१ रुपैयाँ कम भएको हो। 

तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेपछि उनीहरू सर्वाेच्च अदालतसमेत गएका थिए । गत १७ साउनमा सर्वाेच्चले उनीहरूको तलबमान समायोजन गरी ग्रेड बढाउन परमादेश दिएको थियो । सो परमादेशको पनि करिब एक वर्ष हुन लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । 

कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबिच वरिष्ठ सइ पद थपेको थियो । वरिष्ठ सइको एक हजार ४१८ जनाको दरबन्दी छ ।   

 वरिष्ठ सइको आधारभूत तलब ४० हजार ९९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले ४३ हजार ७३२ मात्र पाउने गरेका छन् । तर, सइको तलब भने ४३ हजार ९९४ रुपैयाँसम्म छ ।  वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको थियो । 

 प्रहरी नियमावलीको नियम १४३ मा कुनै प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाको बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधासम्बन्धी सेवाका सर्तमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिनेछैन भन्ने व्यवस्था छ । सो प्रावधानविपरीत वरिष्ठ सइको तलब  घटेको थियो ।  सइबाट वरिष्ठ सइमा बढुवा हुँदा काँधमा फुली बढे पनि तलब घटेपछि निराश बनेका प्रहरी अधिकारीले ०८० को असार र पुसमा रिट हालेका थिए । उनीहरूले बढुवा भएकै वेलादेखिको तलब वृद्धिको माग गरी रिट दायर गरेकोमा सर्वाेच्चले मागअनुसार हुने फैसला गरेको थियो ।   

प्रहरीले बिचौलियाको दबाबमा हतियार खरिदका लागि हालै एक अर्बभन्दा धेरै बजेट दिएको छ । तर, प्रहरीको तलब भने रोक्दै आएको छ ।