१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १२ बिहीबार १२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बढ्यो सुन-चाँदीको भाउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १२:१७:oo

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार १७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार १४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।