१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार o९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक बस्दै, आजबाट बजेटमाथिको छलफल प्रक्रिया सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o९:२६:oo

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकबाट प्रदेश सरकारले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ। बागमती प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिए । 

उनका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् । यस्तै, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशको मध्यकालीन खर्च संरचना प्रस्तुत गर्ने कार्यसूची पनि रहेको सचिव पौडेलले बताए ।

बागमती सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल रु. ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ। बजेटमा चालू खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४१ अर्ब (३ करोड ९६१.४ प्रतिशत) विनियोजन गरिएको छ ।