१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अध्यागमनमा अहिले पनि सेटिङ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

अख्तियारले विमानस्थलमा भिजिट भिसामा हुने असुलीको विस्तृत अनुसन्धान गरिरहँदा पनि विमानस्थलमा सेटिङ अझै रोकिएको छैन । कर्मचारीको सेटिङमा व्यक्तिहरू उडिरहेको सूचना अख्तियारसँग छ ।

‘पहिलेजस्तो संगठित छैन, तर केही कर्मचारीले अहिले पनि सेटिङमा प्रस्थान अनुमति दिइरहेको सूचना आएको छ,’ अख्तियारका एक अधिकारीले भने । अख्तियारले गत ७ जेठमा सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

हालसम्मको अनुसन्धानमा उनले सिंगो अध्यागमनलाई नै भिजिट भिसाको सेटिङमा परिचालन गरी असुली गरेको प्रमाण भेटिसकेको छ । सेटिङमा नेपाली मात्र होइन, भारतीय र बंगलादेशी नागरिकलाई एनओसीविना नै नेपालबाट तेस्रो मुलुक पठाउँदा पनि मोटो रकम असुलीको प्रमाण भेटिएको छ । अख्तियारले सहसचिव भट्टराईसँग प्रत्यक्ष कारोबारमा देखिएका अध्यागमनका अन्य अधिकृतलाई समेत बयानमा बोलाइसकेको छ । 

प्रमुख फेरिए पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारीको पुरानै सेट छ । जसमध्ये धेरैको भिजिट भिसामा विदेश पठाउने ट्राभल एजेन्सी, म्यानपावर सञ्चालकलगायतसँग सेटिङ छ । अन्य कर्मचारीको सेटिङ केही दिन रोकिएकोमा फेरि चल्न थालेको स्रोत बताउँछ ।

यस विषयमा प्रहरीमा समेत प्रमाणसहित उजुरी परेका छन् । तर, प्रहरीले अनुसन्धान गर्न सकेको छैन । त्यसो त अध्यागमन प्रमुखका रूपमा पठाइएका सहसचिव विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सेटिङकै लागि पठाएको मन्त्रालय स्रोतको दाबी छ । 

 सहसचिव कोइराला गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव सुरेशराज जोशीका आफन्त हुन्। सोही कारण गृहमन्त्रीले अध्यागमनमा सुधारका लागि भन्दा फेरि पनि सेटिङकै लागि नयाँ अध्यागमन प्रमुख पठाएको स्रोत बताउँछ । यती ठूलो हंगामा हुँदा पनि अध्यागमनमा पुराना कर्मचारी हटाएर सुधारका लागि गृह मन्त्रालयले चासो दिएको छैन।