
ललितपुर महानगरपालिका– ९, बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचार गराइरहेका १८ वर्षीय आयुष बडाल असार ११ गते बुधबार बिहान करिब ६:४० बजे मनहरा खोलामा हाम फालेका थिए।
लगत्तै सशस्त्र प्रहरी बलकाे २१ नम्बर दक्षिणकाली गणकाे नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका उनको अवस्था सामान्य रहेको छ । हाल उनी मानसिक बिरामी भई सो अस्पतालमा उपचाररत रहेको पाइएकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।