
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नयाँ हुन् तर वेबकुफ नभएको स्पष्ट पारेका छन्। मंगलबार गृहमन्त्री रमेश लेखकपछि धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा वाग्लेले पूर्वमुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिलाई आफूहरुले अस्वीकार गर्ने बताए। उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको भन्दै उनले आरोपीले नै आफ्नो अनुसन्धानको अधिकृत छान्दै जाने कुन स्टममा गयौं ? भन्दै प्रश्न गरे।
संसदीय छानबिन समितिले नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्न सकोस भन्ने माग रहेकाे बताए । सहकारीकै मोडल मा वा जाँचबुज आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायधिशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भन्ने आफूहरुको माग गरेको बताए । छानबिन समिति आफ्नो गोजीबाट मान्छे टिपेर ल्याउन नसकियोस भन्नका लागि यस्ताे प्रस्ताव गरेकाे बताए । अर्किड कोलनीमा मर्निङवाक गर्ने पाटनर तिर्थ भट्टराईलाई कसरी उनको विषयमा कसरी निष्पक्ष अनुसन्धान गर्छन् ? उनले प्रश्न गरे ।
लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको विषय भएको हुनाले गृहमन्त्री स्वयं सन्दहेको घेरामा रहेकाे बताए ।