१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भारतमा बन्धक ५७ नेपालीको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३९:oo

भारतको उत्तराखण्डमा अमानवीय रूपमा बन्धक बनाइएका ५७ जना नेपालीको उद्धार भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उनीहरूको उद्धार भएको हो ।

आकर्षक रोजगारीको लोभमा उत्तराखण्ड पुर्‍याइएकामध्ये १६ महिनादेखि बन्धक बनाइएका र ठगिएका नेपालीहरूसमेतको उद्धार भएको छ । पहिलो चरणमा ३५ र आइतबार राति थप २२ जनाको उद्धार भएको हो । बन्धक बनाउने योजनाकारमध्ये तीनजनालाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ । ‘अहिलेसम्म ५७ जना नेपालीहरूको उद्धार भएको जानकारी आएको छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘यो अपराधमा संलग्न भएका केही व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको जानकारी आएको छ ।’ नेपालीहरूलाई बन्धक बनाएको अभियोगमा पक्राउ पर्नेहरूमा डोटीको शिखर नगरपालिकाका २१ वर्षीय वीरेन्द्र शाही, भारतको उत्तर प्रदेश गाजिपुरस्थित खानपुरका सचिनकुमार तथा नैनीताल उत्तराखण्डका मनीष तिवारी छन् ।

नेपालीहरूलाई उद्धारका लागि समन्वय गरेको गैरसरकारी संस्था ‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार १६ महिनादेखि हालसालै बन्धक बनाइएका मुक्त भएका छन् । ‘एकजना भाइ १६ महिनादेखि बन्धक हुनुभएको रहेछ । आकर्षक रोजगारीका लागि सुरुमा २०–३० हजार जम्मा गर्न लगाउने, त्यसपछि पैसा थप्न लगाउने र बिस्तारै उनीहरूलाई धम्की दिएर उनीहरूमार्फत नजिकका आफन्त र साथीभाइलाई बोलाउने, उनीहरूसँग पनि पैसा असुल्ने, उनीहरूलाई पनि थप साथीभाइ बोलाउन लगाएर पैसा असुल्ने कार्य हुँदै आएको रहेछ,’ जोशीले टेलिफोनमा भने, ‘यसमा संलग्न ठुलो गिरोह रहेछ । त्यो फरार भएको छ र तीनजनालाई पक्राउ गरेर प्रहरीले बयान लिइरहेको छ ।’