१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
२o८२ असार १० मंगलबार २o:४o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

दक्षिणकाली नगरपालिकाकाे बजेट बाढीपहिरो रोकथाममा केन्द्रित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार २o:४o:oo

काठमाडौंको दक्षिणकाली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८९ करोड २० लाखको बजेट ल्याएको छ। मंगलबार सम्पन्न नगरसभामा आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।

बजेटले स्वास्थ्य, शिक्षालगायत एक वडा एक पार्क कार्यक्रम, प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको उपप्रमुख वसन्ती तामाङ डंगोलले बताइन्। उनका अनुसार हाल नगरपालिकाका कार्यालय चारवटा भाडाको घरमा छन्। आफ्नै प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ। उक्त भवनको निर्माण पूरा गर्न थप पाँच करोड बजेट विनियोजन भएको छ।

आगामी वर्षको बजेट बाढीपहिरो रोकथाम र राहतका कार्यक्रमलगायतमा केन्द्रित रहेको उपप्रमुख डंगालको भनाइ छ। ‘अन्य नगरपालिकाको बजेट अर्बमा छ, तर हाम्रो करोडमा छ, अनुदान कम आएकोले बजेटको आधार पनि सानो भएको हो,’ उनले भनिन्।