१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आलम सफाइ प्रकरण : न्यायाधीशद्वय थारू र महर्जनविरुद्ध न्यायपरिषदमा अर्को उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेल रहेका पूर्वमन्त्री अफताब आलमसहितका पाँच प्रतिवादीलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषदमा अर्को उजुरी परेको छ।

उनीहरूविरुद्ध रौतहट ईशनाथ नगरपालिका–५ का शैलेन्द्र साहले उजरी दिएका हुन्। उजुरीमा साहले न्यायाधीश थारू र महर्जनको सिडिआर (कल डिटेल रिपोर्ट) अध्ययन गरिनुपर्ने माग गरेका छन्।

त्यस्तै, साहले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाविरुद्ध पनि परिषदमा उजुरी दिएका छन्। मन्त्री चौरसियाको आर्थिक चलखेल र दबाबपछि आलमसहितका प्रतिवादीलाई न्यायधीशद्वय थारू र महर्जनले सफाइ दिएको भन्दै उनको पनि सिडिआर उतारी अध्ययन गरिनुपर्ने उजुरीमा भनिएको छ।

साहको उजुरीमा उल्लेख छ, ‘अजय चौरसियाको दबाब र आर्थिक चलखेलसमेतको कारणले प्रतिवादीहरूलाई सफाइ दिएको भनी विभिन्न माध्यम र स्थानीयका जनगुनासो सुनिन आएकाले चौरासिया र न्यायधीशद्वय थारू र महर्जनसमेतको कल डिटेल प्रतिवेदनसमेत झिकाई यस सम्बन्धमा जे जो बुझ्नुपर्ने हो बुझी निजहरूविरुद्ध अनुसन्धान गरियोस्।’

साह २८ चैत ०६४ को संविधान सभा निर्वाचनमा आलमका चुनावी प्रतिस्पर्धी हुन्। उनी रौतहट निर्वाचन क्षेत्र नं २ बाट एमालेको तर्फबाट चुनावमा उठेका थिए। उनी घटनाका प्रत्यक्षदर्शी पनि हुन्।

आलमविरुद्ध उनैले पहिलोपटक ३० चैत ०६४ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा जोहरी दिएका थिए। तर, उनको जाहेरीमा प्रहरीले कुनै कारबाही अघि बढाएको थिएन।