१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ९ सोमबार २३:१३:oo
Read Time : < 1 मिनेट
विश्व

इरानद्वारा कतारमा मिसाइल हमला, हवाई सेवा बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार २३:१३:oo

अमेरिकाले आक्रमण गरेको बदलामा इरानले कतारस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ। अल उदिद एयरबेसलाई लक्षित गरी आक्रमण गरिएको हो । कतारको राजधानी दोहामा समेत बिष्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

इरानको आक्रमणपछि कतारले तत्कालका लागि आफ्नो एयरस्पेस बन्द गरेको छ । इरानको रिभोलुस्नरी गार्डलाई उद्धृत गर्दै इरानी संचारसंस्था तासनिम एजेन्सीले कतार र इराकस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गरी ठूलो आक्रमण गरिएको जनाइएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ताले आक्रमणको निन्दा गर्दै यो घटनाले अन्तर्राष्ट्रिय कानून मिचेको बताएका छन् । कतारको विदेश मन्त्रालयले  इरानका सबै हमलालाई निष्तेज पारिएको र कुनै मानवीय क्षति नभएको जनाएको छ। 

इरानको परमाणु कार्यक्रम रोक्न  ११ दिनअघि इजरायलले इरानमाथि आक्रमण गर्दै आएको छ । अमेरिकाले पनि शनिबार इरानमा आक्रमण गरी युद्धमा प्रत्यक्ष संलग्न भएको थियो । इरानले इजरायलमा पनि मिसाइल आक्रमण गर्दै आएको छ।