१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ८ आइतबार २३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा विपिन कार्की र रमेश उप्रेतीको साथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार २३:३९:oo

सभापति रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसविरुद्ध थालेको जनताको हस्ताक्षर अभियानमा कलाकारहरूले साथ दिएका छन् । अभिनेताहरू विपिन कार्की र रमेश उप्रेतीले आइतबार रवि लामिछानको पक्षमा हस्ताक्षर गरेका छन् । 

पार्टी कार्यालयमा पुगेर उनीहरुले लामिछानेलाई न्यायका लागि हस्ताक्षर गरेका हुन् । पार्टी स्थापना दिवसको अवसरमा शनिबार कारागारबाटै अपिल जारी गर्दै लामिछानेले आफुमाथि भएको प्रतिशोधमा हस्ताक्षर गरेर साथ दिन आग्रह गरेका थिए । सोहीअनुसार पार्टीले अभियान थालेको छ । 

कुनै पनि सहकारीमा प्रत्यक्ष रुपमा संलग्न नभएको र  गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफुविरुद्ध प्रतिशोधका आधारमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मका मुद्दा चलाइएको रवि लामिछानेको आरोप छ । संसदीय छानविन समितिले समेत सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने क्रममा उनको संलग्नता नरहेको भनेर उल्लेख गरेको थियो । तर, तथ्यहरू नहेरी अदालतले समेत थुनामा राख्ने आदेश दिएको गुनासो रास्वपाका नेताहरूको छ ।