१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format १४:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। 

यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुंगा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।

नागढुंगा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्ने गरी कामअघि बढाइएको बताए।

भारतबाट ठुलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो।

क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ। आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ।

मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ। चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङटार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्र गरिएको छ। धादिङतर्फ मझिमटार, चरौँदी र विशालटारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ। धादिङको मझिमटार र विशालटारमा झन्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ।

नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ। मौसमले साथ दियो भने थप दुई किलाेमिटर कालोपत्र गर्दै छौँ।’ आयोजनाका इन्जिनियर विजय दरैका अनुसार अरू दुईवटा पुलको फाउन्डेसनको काम भइरहेको छ। धादिङतर्फका चरौँदी र हुग्दीमा फाउन्डेसनको काम हुँदै छ।

‘यो खण्डमा २.२ छ लेन सडक बन्नेछ। जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ। चार लेन सडक ७.२ किलाेमिटर हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङटाङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो-ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुनेछ,’ इन्जिनियर दरैले भने। उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ।

०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडकखण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८.८६ किलोमिटर छ।

शर्मा–जेडआइसिजीले रु. चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डकाे स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इन्जिनियर दरैले बताए। सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायतका काम भइरहेको छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो। 
 

छुटाउनुभयो की ?