१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ असार ७ शनिबार २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार

न्यायाधीश थारूका तत्कालीन पिएसओ साहमाथि छानबिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार २o:o४:oo

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारूका तत्कालीन पिएसओ प्रहरी सहायक निरीक्षक मुन्ना साहमाथि पर्सा प्रहरीले छानबिन सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानेर छानबिन भइरहेको छ। 

असई साहमाथि छानबिन गर्न केन्द्रबाट पत्र आएपछि छानबिन थालिएको र दोषी देखिए विभागीय कारबाही हुने प्रहरी स्रोत बताउँछ। 

२९ वैशाखमा न्यायाधीश थारूमाथि नेकपा बहुमतका नेता-कार्यकर्ताले मोसो प्रहार गर्ने वेला उनका व्यक्तिगत सुरक्षा अधिकृत (पिएससो) प्रहरी सहायक निरीक्षक साह छुट्टीमा थिए। 

घटना भएको दिन दिउँसो ११ः३० मा न्यायाधीश थारू इजलासमा प्रवेश गरेपछि पिएसओ साह उनीसँग छुट्टी लिएर बाहिर निस्किएका थिए।  

पिएसओ नभएका वेला न्यायाधीश थारूमाथि इजलासमै नेकपा बहुमतका कार्यकर्ताले मोसो प्रहार गरेका थिए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश थारू असइ पिएसओ राख्ने एक्लो न्यायाधीश पनि थिए। 

उच्च अदालतका अन्य न्यायाधीशको प्रहरी जवान र हवल्दार पिएसओ छन्। न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो।