१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ७ शनिबार १९:३४:oo
Read Time : > 1 मिनेट
समाचार

१० सहरमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १९:३४:oo

नेपालका १० शहरमा शनिबार अन्तर्राष्ट्रिय योग दिवसको ११औं संस्करण मनाइएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौँडा, रौतहट र बरियारपुरलगायत १० शहर र नगरपालिकाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

यस वर्ष ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नारा साथ अन्तर्राष्ट्रिय योग दिवस मनाएको भारतीय दुतावसले जनाएको छ । दुतावासले योग दिवसपूर्व पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । भारतीय सेनाका पूर्व सैनिकहरुको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय योग दिवसभन्दा ५० दिनअघि भारतीय दुतावासले १९ वैशाखमा ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गरेको थियो । 

अन्तर्राष्ट्रिय योग दिवस ०२५ आउन २५ दिन अगावै १३ जेठमा नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो जसमा नेपाली सेनाका कर्मचारीहरुले सहभागिता जनाएका थिए । 

भारतीय राजदूतावासले काठमाडौं उपत्यकाका ६ वटा युनेस्को विश्व सम्पदास्थलहरु क्रमशः पशुपतिनाथ मन्दिर, काठमाडौं दरवार स्क्वायर, बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा, चाँगुनारायण मन्दिर र  पाटन दरवार स्क्वायरमा योगआशन प्रदर्शन आयोजना गरेको थियो । 

दुतावासले ३० जेठमा केन्द्रीय विद्यालय परिसरमा काठमाडौंका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीको सहभागितामा योग सत्र आयोजना गरेको थियो । दूतावासले १ असारमा काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो । 

राजदूतावासले शुक्रबार पोखराको फेवाताल किनारमा योग र ध्यानसत्रको आयोजना ग¥यो । त्यहाँ ५०० भन्दाबढी सहभागीको उपस्थिति रहेको थियो । यसैगरी शुक्रवार दुतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा योग प्रदर्शन आयोजना गरेको थियो । जहाँ पाँच सयजना योगमा रुचि राख्नेहरु सहभागी भए । कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सहभागी थिए । कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहाभागी थिए । 

यस बर्ष नेपालमा भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा शनिबार पोखराको रंगशालामा आयोजित योग पदर्शन थियो । कार्यक्रममा त्यस क्षेत्रभरिका सात हजारभन्दा बढी योग अभ्यासकर्ताहरुको सहभागिता रहेको दुतावासले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि सहभागी भए । 

भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगंज, हेटौँडा, रौतहट र बरियारपुरमा पनि अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमहरु आयोजना गरेको छ । 

 


 

छुटाउनुभयो की ?