१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा रास्वपा : प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ। सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिएका छन्।

यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि रास्वपाका सांसद पुनः बैठकमा आउने गरेका छन्।

कहिले निलो गलबन्दी लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ।

रास्वपाका प्रवक्ता मनीष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेलअगाडि उभिएको र सत्तापक्षका सांसद बोल्न थालेपछि आफूहरू बैठकबाट बाहिरिएको बताए।

‘सत्तापक्षका सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवनमै छौँ, प्रतिपक्ष बोल्ने वेला फेरि भित्र आउँछौँ,’ उनले भने।


 

छुटाउनुभयो की ?