१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपाल र स्कटल्यान्डबिचको खेलमा बने चार रेकर्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:२२:oo

स्कटल्यान्डमा भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा चार रेकर्ड बनेका छन्। नेपाल पराजित भएको खेलमा नेपाल र स्कटल्यान्डबिच भएका खेलमध्ये एग्रिगेट (दुवै टिमको जोडेर) ३५२ रन बन्यो।  नेपाल र स्कटल्यान्डबिच भएका टी–२० खेलमध्ये एग्रिगेटमा यो सर्वाधिक रन हो। 

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९३ रन बनाएकोमा जवाफी ब्याटिङको क्रममा नेपालले १५९ रन बनाएको थियो। खेलमा नेपाल ३४ रनले पराजित भयो । 

खेलमा तीन नेपाली खेलाडीको नाममा राष्ट्रिय रेकर्ड   

दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल्ने नेपाली खेलाडी बनेका छन्। यो खेलसहित उनले ८२ खेल खेलका छन् । यसअघि यो रेकर्ड करण केसीको नाममा थियो। केसीले ८१ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। शुक्रबारको खेलमा उनी टिममा परेनन् । 

कप्तान रोहित पौडेलले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक क्याच लिने खेलाडीको रेकर्ड बनाएका छन् । शुक्रबारको खेलमा समेत गरेर उनले ३८ क्याच लिएका छन्। यसअघि सबैभन्दा धेरै दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३७ क्याच लिएका थिए। 

त्यस्तै, १०औँ विकेटका लागि टी–२० अन्तर्राष्ट्रियमा  गरेको १५ रनको साझेदारी पनि नेपालका लागि अहिलेसम्मकै धेरै हो । रुपेश सिंह र ललित राजवंशीबिच १५ रनको साझेदारी भएको थियो। यसअघि १०औँ विकेटका लागि शरद भेषवाकर र करण केसीबिच १४ रनको साझेदारी भएको थियो। 
 

छुटाउनुभयो की ?