१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १९:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेटको उपाधि स्याङ्जालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५१:oo

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ। फाइनलमा लिग चरणको समूह ‘ए’को विजेतासमेत रहेको स्याङ्जाले समूह ‘बी’को विजेता नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुरले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १२९ रन जोडेको थियो। १३० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको स्याङ्जाले १९.५ ओभरमा ६ विकेट गुमाएर १३० रन बनाउँदै लक्ष्य पूरा गर्‍याे।

नवलपुरका लागि सर्वाधिक २५ रन जोड्ने क्रममा रिजन काफ्लेले २२ बलमा दुई चौका प्रहार गरेका थिए। दीपक डुम्रेले १९, अपराजित पौडेलले १८, विज्ञान पाण्डेले १३, आर्य महतोले १० रन जोडे। स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १६ बलमा ६ चौका प्रहार गर्दै टोलीका लागि सर्वाधिक ३० रन जोडे। सुजन गौतमले २८, सौजन्य रेग्मीले १५, म्यान अफ दी म्याच सन्दीप खत्री क्षेत्रीले १४, अश्वनी राणाले १३ र अनिश ताम्राकारले ११ रनको योगदान गरे।

स्याङ्जाका सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्ने क्रममा चार ओभर खेल्दै १८ रन खर्चेर तीन विकट लिँदा सुजन गौतम, प्रदीप पाण्डे र अश्वनी रानाले समान एक–एक विकेट हात पारे। नवलपुरका हिमाल न्यौपाने र कमल परियारले समान दुई–दुई तथा दीपक डुम्रे र सुदीप अर्यालले समान एक–एक विकेट हात पारे।

प्रतियोगितामा स्याङ्जाका सन्दीप खत्री क्षेत्री सर्वोत्कृष्टसँगै उत्कृष्ट ब्याटर, पर्वतका अमृत गुरुङ उत्कृष्ट बलर, तनहुँका वंश क्षेत्री उदीयमान खेलाडी घोषित भए।

३१ जेठदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा चलेको प्रतियोगितामा प्रदेशका ११ मध्ये आठ जिल्ला सहभागी थिए। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तगा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा सम्पन्न प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए। 

सर्वोत्कृष्ट खेलाडीले चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीले जनही दुई हजारसहित ट्रफी र हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले एक हजार नगद र ट्रफी प्राप्त गरेका प्रतियोगिताका संयोजक ऋषिराम गौतमले जानकारी दिए।

छुटाउनुभयो की ?