
नेपालविरुद्ध अन्तर्राष्ट्रिय टी–२० शृंखलाको चोथो खेलमा टस जितेर घरेलु टोली स्कटल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ।
शुक्रबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन्। नेपाल प्रतियोगितामा तेस्रो जित निकाल्दै सिरिजको च्याम्पियन हुने लक्ष्यमा छ। यता, स्कटल्यान्ड पनि विजयी भए च्याम्पियन बन्नेछ।