१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१६ घण्टापछि राप्ती राजमार्ग सञ्चालनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १७:३८:oo

अवरुद्ध भएको १६ घण्टापछि राप्ती राजमार्ग पुनः सञ्चालनमा आएको छ। गएराति करिब १० बजेदेखि अविरल वर्षासँगै आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डअन्तर्गत कपुरकोट गाउँपालिका– ३ चोरखोलालगायतका विभिन्न स्थानमा झरेको पहिरो हटाएपछि दिउँसोबाट दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

निरन्तरको वर्षा र पहिरो झरिरहेका कारण रातको समयमा पहिरो हटाउन समस्या भएकाले शुक्रबार बिहानबाट मात्र पहिरो हटाउने कार्य भएकाले लामो समयसम्म राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।