
चिनियाँ गिरोहको नेतृत्वमा भएको ६१ किलो सुन तस्करीमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार टोखाबाट पक्राउ गरेको हो।
उनी सो गिरोहकाे नाइके तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङकी पत्नी हुन्। दावा हाल कारागारमा छन्।
दुई वर्षअघि दावा पक्राउ परेलगत्तै उनी फरार भएकी थिइन्। इन्टरपोलले समेत उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। पूर्वमाओवादी नेतृ रहेकी अमलाले ठमेलमा होटेल भियना चलाउँदै आएकी थिइन्। सोही होटेलबाट सुन तस्करीको डिल हुने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो।