१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ५ बिहीबार १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भक्तपुर र अर्घाखाँचीका सिडिओ फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १६:५o:oo

गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँचीमा नयाँ सिडिओ पठाएको छ। भक्तपुरमा भरतमणि पाण्डे तथा अर्घाखाँचीमा गोपालप्रसाद अर्याललाई खटाइएको छ। 

भक्तपुरमा पठाइएका पाण्डे गृह मन्त्रालयमा कार्यरत थिए। त्यस्तै, भक्तपुरमा कार्यरत अर्याललाई अघाँखाँची पठाइएको छ। अर्घाखाँचीमा कार्यरत वेदप्रसाद खरेलको मन्त्रालयमा सरुवा भएको छ। खरेल अर्घाखाँची गएको दुई महिना मात्र भएको थियो। 

दुई दिनअघि मात्र गृहले १० जिल्लाका सिडिओ सरुवा गरेको थियो। मन्त्रालयले हरेक हप्ताजसो किस्ता-किस्तामा सिडिओ सरुवा गर्दै आएको छ। 

सरुवासम्बन्धी सूचनामा गृह मन्त्रालयले आफ्नो सिडिओको थरसमेत गल्ती राखेको छ। अर्घाखाँचीबाट मन्त्रालय सरुवा भएका बेदप्रसाद खरेल हुनुपर्नेमा बेदप्रसाद अर्याल उल्लेख गरिएको छ।