
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाइएको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कही दिनअघि सदनको कार्यसूचीमा रहेको संघीय निजामती विधेयकलाई अहिले संसद्को कार्यसूचीबाट हटाएको भन्दै आपत्ति जनाए ।
उनले निकै महत्त्वपूर्ण रहेको निजामती विधेयकलाई तत्काल कार्यसूचीमा राखेर अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयकलाई समयमा नै पारित गर्न प्रमुख प्रतिपक्षीले दबाब दिए पनि सरकार विधेयक अघि बढाउन गम्भीर नदेखिएको उनले बताए ।