१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमलेखगन्जको जंगलमा बाघले खाँदै गरेको अवस्थामा शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १३:४९:oo

बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २१ अमलेखगन्जमा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको छ । बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको हो ।

गाउँछेउको जंगलमा मंगलबार दिउँसो बाख्रा चराउन गएका ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान फेला परेको हो । साँझ अबेलासम्म पनि जंगलबाट नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी गरिरहेका थिए । जंगलमा खोज्दै जाने क्रममा बाघले क्षतविक्षत पारेर खाँदै गरेको अवस्थामा स्थानीयले ब्लोनको शव फेला पारेको जितपुर–सिमरा– २१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।

शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी घटनास्थल पुगेका छन् । अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।