१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तरकारी गाडीमा लागुऔषध ओसारपसार, चार हजार केजी गाँजासहित दुई ट्रक नियन्त्रणमा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

धनकुटाबाट अदुवा र बन्दाकोभी बोकेको दुईवटा ट्रकमा लुकाएर ल्याउँदै गरेको चार हजार २३० केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट सो परिमाणको लागुऔषध गाँजासहित दुईवटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार दिउँसो इटहरी–२० स्थित तरहरा जंगलनजिकै कोशी लोकमार्गमा ना ५ ख ६११६ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याक गरी माथिबाट बन्दाकोबी र आलुको बोराले छोपेर ल्याउँदै गरेको अवस्थामा दुई हजार एक सय किलोग्राम गाँजा बरामद भएको हो।

यसैगरी, सोमबार प्रहरीले धरान–१३ शिवधारास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दाकोबी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा ल्याउँदै गरेको दुई हजार १३० किलोग्राम गाँजा बरामद गरेको हो।

गाँजासँगै ट्रकचालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का राजेन्द्र राई तथा सोही स्थानका सुनील राई र बराहक्षेत्र– ९ का सुमन राईलाई पनि नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

चिनीमा खैरो हेरोइन लुकाएर ल्याउने पक्राउ
यता, झापाको मेचीनगर नगरपालिका –६, काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट चिनीमा खैरो हेरोइन लुकाएर ल्याउने कन्काई नगरपालिका– ४ सुरुंगाका ३३ वर्षीय संजित सिवा दर्जी पक्राउ परेका छन्।

भारतीय बजारबाट खरिद गरेर झोलामा बोकेको चिनीको झोलाभित्र खैरो हेरोइन लुकाएर नेपाल ल्याउने क्रममा दर्जीलाई काँकडभिट्टा प्रहरीले मंगलबार पक्राउ गरेको हो।