१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

सोमबार सामान्य अंकले बढेको नेप्से परिसूचक मंगलबार घटेको छ। नेप्से ३.९० अंक (०.१४ प्रतिशत)ले घटेर दुई हजार ६५४.७५ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि सोही दरले घटेको छ।

आज ३०६ कम्पनीका एक करोड ६४ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि गिरावट देखिएको हाे। अघिल्लो दिन करिब १३ अर्बको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये आज जलविद्युत् (०.२७ प्रतिशत), लघुवित्त (१.१० प्रतिशत) र व्यापार (०.११ प्रतिशत)बाहेक सबैको सूचकमा गिरावट आएको छ। होटेल तथा पर्यटन सर्वाधिक १.५८ प्रतिशतले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।

बजार घटे पनि पिअर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्। बुटवल पावर र सामुदायिक लघुवित्तका लगानीकर्ताले सात प्रतिशत कमाउँदा गार्जियन माइक्रोलाइफ इन्स्योरेन्स ४.६२ प्रतिशतले घटेको छ।