१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
२o८२ असार ३ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार ११:४o:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज प्रचण्ड निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्। प्रचण्डले भने, ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।’ यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।   

यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए ।  यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नुपरे पनि गरिने उनको धारणा छ । उनले भने, ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।’ प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेलगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।