१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २ सोमबार १८:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धवलशमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १८:३९:oo

राप्रपाका महामन्त्री धवलशमशेर राणालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश आएको छ। जिल्ला अदालत काठमाडौंले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि हाजिरी जमानीमा रिहा भए पनि फरार रहेका उनी आज सोमबार मात्रै अदालतमा उपस्थित भएका थिए।

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा लगाइएको छ।