१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २ सोमबार १२:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनसेलले ल्यायो ‘सधैँ अन करोडपति’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १२:१४:oo

एनसेलले ‘सधैँ अन करोडपति’ योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा एक करोड रुपैयाँ जित्ने मौका पाउनेछन् । त्यसैगरी, योजनामा सहभागी ग्राहकमध्ये हरेक हप्ता १० जनाले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहने एनसेलले जनाएको छ । त्यसबाहेक यस योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरूप प्राप्त गर्नेछन् । 

१ असारदेखि लागू भएको ‘सधैँ अन करोडपति’ योजना १२ हप्तासम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेलको सेवा लिनुपर्नेछ । ‘सबैलाई सधैँ सहज, सुलभ सेवामार्फत जोडिराख्न ‘सधैँ अन’ पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौँ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने, ‘एक करोड रुपैयाँ  पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था छ ।’