१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेका साथै उपनिर्देशक पदमप्रसाद सोडारीले कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ग्राहकको सम्पत्ति र आयको स्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमाका माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रिया के–के हुन्, रिपोर्टिङ कसरी गर्नेलगायत विषयमा विस्तृत जानकारी दिइएको थियो ।

कम्पनीले नियमित अवधिमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ।साथै, काठमाडौं उपत्यकाबाहिर कर्मचारी र अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कर्मचारीले गर्नुपर्ने कामबारे जानकारी दिँदै आएका छन् ।