१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
फाइल तस्बिर
तिवारी यादव वीरगन्ज
२o८२ असार १ आइतबार १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १९:o५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराधको कसुरमा अभियोगपत्र दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेविरुद्ध जेठ ३० गते मुद्दा दर्ता गरेको हो।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पर्सा प्रहरीले लामिछानेसहित २९ जनामाथि अनुसन्धान गरेको थियो। प्रहरीले प्रतिवेदन बुझाएको एक महिनापछि अध्ययन सकेर सरकारी वकिल कार्यालय पर्साले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।

सो मुद्दाका अर्का प्रमुख प्रतिवादी छविलाल जोशीसँग सात करोड २० लाख बिगो मागदाबी गरिएको छ।