१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उमेरहदले ‘जेन्जी पुस्ता’सँग संगठन जोडियो : अखिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३o:oo

एमाले विद्यार्थी संगठन अनेरास्ववियुले हालै सम्पन्न २४औँ राष्ट्रिय महाधिवेशनबाट ३२ वर्षे उमेरहद लागू हुँदा संगठन जेन्जी पुस्तासँग औपचारिक रूपमै जोडिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पहिलो कार्यसमिति बैठकबाट अनेरास्ववियुले त्यस्तो निष्कर्ष निकालेको हो । 

‘यो महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक दृष्टिले विशेष महत्व बोकेको कोसेढुंगाका रूपमा रहनेछ किनभने ३२ वर्षमुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ र ‘जेन्जी’ पुस्तासँग संगठनलाई जोड्ने हाम्रो प्रतिबद्धतालाई औपचारिक मान्यता प्रदान गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । 

उमेरका आधारमा अलग भएका संगठनका नेता–कार्यकर्तालाई समुचित जिम्मेवारी दिन पनि बैठकले एमालेको ध्यानाकर्षण गरेको छ । बैठकले आर्थिक सचिवमा आकाश घर्ती मगर, संगठन सचिवमा अधिवक्ता गोपाल नेपाल, प्रचारसचिवमा समिमबाबु खान र विदेशसचिवमा इन्जिनियर रचना सापकोटालाई चयन गरेको अध्यक्ष डा. सुजन कडरियाले बताए ।