१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१८ वर्षअघि मैले ड्राफ्ट गरेको ऐनमा वैदेशिक रोजगार चलेको छ : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

गृहमन्त्री रमेश लेखकले आफूले १८ वर्षअघि ड्राफ्ट गरेको ऐनमा वैदेशिक रोजगार चलेको बताएका छन्।

भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका विषयमा प्रतिनिधिसभामा जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘पहिलोपटक वैदेशिक रोजगार ऐन, २०६४ यही हातले मैले ड्राफ्ट गरेको हो। आज १८ वर्षसम्म यो देशमा त्यो ऐनले काम गरिरहेको छ।’ 

०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वकाे मन्त्रिपरिषदमा श्रममन्त्री हुँदा ऐन बनाएर चारवटा देशसँग श्रमसम्झौता गरेको उल्लेख गरे।

रास्वपाबाट श्रममन्त्री बनेका सांसदलाई प्रश्न गर्दै लेखकले भने, ‘अहिले वेलमा उभिएर नारा लगाइरहनुभएको नेता पनि श्रममन्त्री हुनुहुन्थ्यो, तपाईंले एउटा देशसँग श्रम सम्झौता गर्नुभयो ? वैदेशिक रोजगार ऐनमा एउटा संशोधन गर्नुभयो ? विदेशमा नेपाली नागरिक नठगिने कुराको एउटा सुनिश्चितता गर्नुभयो ?’