१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार

मोबाइल पसलबाट पाँच लाख असुलीको आरोपमा तीन प्रहरीसहित पाँच पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

मोबाइल पसल सञ्चालकलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलिएको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कोलहपुर बाँकेले प्रहरी सहायक हवल्दार मोहम्मद सफिक खान र परमानन्द बर्मा तथा सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरीलाई बिहीबार पक्राउ गरेको हो । 

उनीहरूले गत २१ जेठमा कोहलपुर ११ मा रहेको थ्री स्टार मोबाइल पसलका सञ्चालक लक्ष्मण कुँवरलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलेको उजुरी थियो । प्रारम्भिक छानबिनमा मुद्दामा फसाइदिने भन्दै धम्क्याएर असुलिएको पुष्टि भएपछि प्रहरीले जाहेरी दर्ता गरी प्रहरीसहित पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा गोविन्द भण्डारी र सुर्यप्रसाद रिजाल छन् । उनीहरूले पैसा लेनदेनका लागि सहजीकरण गरेका थिए । पक्राउ परेका नेपाल प्रहरीका कर्मचारी प्रदेश प्रहरी कार्यालय, दाङमा कार्यरत थिए। त्यस्तै, सशस्त्र प्रहरीका जवान सशस्त्र प्रहरी ३० नम्बर गणमा कर्मचारी हुन्। सो मोबाइल पसलमा कर छलीका मोबाइलको कारोबार हुने गरेकाले मुद्दामा फसाइदिने भन्दै धम्काएर उनीहरुले पैसा असुलेका हुन्। 

इलाका प्रहरी कार्यालय कोलहपुरकी डिएसपी लक्ष्मी खनालले पक्राउ परेकाउपर आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढाइएको बताइन् । पक्राउ परेकालाई चार दिन थुनामा राख्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।