१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १२:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूका १३ जना पिएसओ तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) तानिएका छन् । बिहीबार दिउँसो न्यायाधीश खुशी थारूमाथि नेकपा बहुमतका नेताहरूबाट मोसो प्रहार भएपछि १३ जना न्यायाधीशहरूका पिएसओ फेरिएका हुन् । 

यस्तै, अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोली पनि तानिएको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशहरूका १३ जना पिएसओ र सुरक्षामा खटिएका १० जना प्रहरी फिर्ता बोलाइएको बताए ।

प्रहरी नायब उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षामा १० जना खट्दै आएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए ।