१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार १५:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ल्हासामा सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १५:१५:oo

अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ। तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोञ्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक गरिएको हो।

लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। ‘तिब्बत गए पनि धेरै वर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोवर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ,’ पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक सार्वजनिक चाहिँ ल्हासास्थित पोताला दरबार पुगेरै गरेका छन्।

‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिबद्ध छन्। लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन्। पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन्।

‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफैँ बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले भने।