१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २९ बिहीबार ११:३८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार ११:३८:oo

सन् १९६४ : रंगभेद शासनविरुद्ध संघर्षरत दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला र अन्य सातजनालाई आजीवन कारावासको सजाय दिइयो ।

सन् १८९७ : तत्कालीन ब्रिटिस इन्डियाको हिस्सा असममा ८.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प आयो । 

सन् १८९८ : जनरल एमिलियो एगुनाल्डो तथा फिलिपिनो क्रान्तिकारी फौजले औपचिारिक रूपमा स्पेनको औपनिवेशिक शासनबाट स्वतन्त्र भएको घोषणा गरे । सोही वर्ष डिसेम्बर १० मा स्पेनले सम्झौता गर्दा फिलिपिन्स अमेरिकालाई सुम्पिएपछि त्यहाँ पुनः अमेरिकी शासन सुरु भयो ।  

सन् १९०१ : अमेरिकी सेना नफर्किने देखेपछि क्युबाले अमेरिकाले प्रस्ताव गरेको प्ल्याट संशोधन स्विकार्दै अमेरिकी संरक्षित राज्य बन्न सहमति जनायो । 

सन् १९९१ : सोभियत संघको सबैभन्दा ठुलो हिस्सा ‘रुसी सोभियत संघीय समाजवादी गणतन्त्र’मा पहिलोपटक सर्वदलीय राष्ट्रपतीय चुनाव भयो । चुनावमा कम्युनिस्ट उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बोरिस एल्तसिन राष्ट्रपति बने ।

सन् २०१८ : उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सिंगापुरको क्यापेला होटेलमा भेटवार्ता भयो । यो कुनै पनि उत्तर कोरियाली नेता र सत्तासीन अमेरिकी राष्ट्रपतिबिचको पहिलो भेटवार्ता थियो ।