१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाको नि:शुल्क सर्भिस क्याम्प आजसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार ११:१६:oo

नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले तीनदिने नि:शुल्क सर्भिस क्याम्प आयोजना गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरूलाई लक्षित गर्दै २७ जेठ देखि जारी सर्भिस क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीद्वारा तोकिएका गाडीमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत नि:शुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकले विभिन्न सेवा–सुविधामा विशेष छुट पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पार्टस्मा ७ प्रतिशत, लुब्रिकेन्टमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्टपेन्ट सेवामा १० प्रतिशत छुट पाइनेछ । यसैगरी, एचडिएस स्क्यान सेवासमेत नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।