१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
२o८२ जेठ २९ बिहीबार १o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध गाँजा मुद्धाका फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १o:५८:oo

धनकुटाबाट लागुऔषध गाँजा मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक–फरक तीनवटा गाँजा मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका–६  आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन्।उनलाई बुधबार साँझ कोशी लोकमार्गअन्तरगत धनकुटा नगरपालिका–६ बाघेखोलाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।

फरार अभियुक्त नियन्त्रण गर्न खटिएको विशेष टोलीले प्रदेश १–०६–००१ च ००१८ नम्बरको कारमा धरानबाट धनकुटातर्फ आफ्नै कारमा आउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।२०८० चैत २५ गते साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट को १ ख ३२९४ नम्बरको मिनीट्रकमा १८ बोरामा पाँच सय ४४ केजी गाँजा ओसार पसारमा राई संलग्न भएको पाइएको छ । त्यस्तै २०८० बैशाख २९ गते मुलघाटमा को १ ख ३३६७ नम्बरको मिनीट्रकमा लोड भएको १७ बोरामा पाँच सय १० केजी र उनले सहिदभूमि गाउँपालिका–६ मार्गास्थित फर्निचर व्यवसायको टहरोमा दुई केजी गाँजा प्रहरीले बरामद गरेको थियो। 

सोही आरोपमा उनलाई पक्राउ पुर्जी अदालतबाट जारी भएको थियो। उनलाई आजै जिल्ला अदालत हाजिर गराएर म्याद थप गरी अनुसन्धान बढाइने प्रहरीले बताएको छ। यसैबिच आज विहान साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट लागु औषध गाँजा १० केजी प्रहरीले बरामद गरेको छ। धनकुटाबाट झापाको विर्तामोडतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४५२७ नम्बरको इभी गाडी चेकजाँच गर्ने क्रममा गाँजा फेला पारिएको थियो।

उक्त गाँजा कुन व्यक्तिको हो भन्ने कुरा खुल्न नसकेपछि गाडी र गाडी चालक धनकुटा नगरपालिका–९ बेलहाराका २० वर्षीय बालकृष्ण मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी खनालले बताए ।