१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
२o८२ जेठ २८ बुधबार o९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टर्चलाइट चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o९:४o:oo

टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुंगाको खिजीदेम्बामा एक महिलाको मृत्यु भएको छ। मंगलबार घरमै मल्टिप्लगमा चार्जेबल टर्च चार्ज गर्ने क्रममा करेन्ट लाग्दा खिजीदेम्बा गाउँपालिका–३ तनुवाकी ४६ वर्षीया विष्णुमाया सुनुवारको मृत्यु भएको हो ।

करेन्ट लागेकै समयमा घटनास्थलमै सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। कानुनी प्रक्रिया पूरा गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

खिजीदेम्बा गाउँपालिकामा एक महिनामा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि करेन्ट लागेर विद्युत् विस्तारको काम गर्ने एक युवाको मृत्यु भएको थियो ।