१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङका २४ हजारभन्दा बढी परिवार कृषि पेसामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १२:o९:oo

हिमाली जिल्ला ताप्लेजुङमा २४ हजारभन्दा बढी परिवार कृषि पेसामा रहेका छन्। नौवटा स्थानीय रहेको ताप्लेजुङ जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि पेसामा रहेका पाइएको हो। 

ताप्लेजुङ कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी सदरमुकाम स्थित फुङ्लिङ नगरपालिकामा तथा सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा कृषक परिवार रहका छन्। कृषिमा आबद्ध कुल कृषकमध्ये फुङ्लिङ नगरपालिकामा चार हजार तीन सय तीन परिवार ज्ञान केन्द्रको तथ्यांक रहेको छ। सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा एक हजार सात सय तीन कृषक परिवार रहेका कृषि ज्ञान केन्द्रले बताएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार सिरिजंगा गाउँपालिकामा तीन हजार पाँच कृषक परिवार रहेका छन्। यस्तै, फक्ताङ्लुङ गाउँपालिकामा दुई हजार सात सय ७३ परिवार, आठराई त्रिवेणी गाउँपालिमामा दुई हजार सात सय ३३ र पाथीभरा याङ्वरक गाउँपालिकामा दुई हजार पाँच सय ५४ कृषक परिवार छन्। मेरिङ्देन गाउँपालिकामा दुई हजार चार सय ३३, सिदिङ्वा गाउँपालिकामा दुई हजार तीन सय ८३ र मैवाखोला गाउँपालिकामा दुई हजार एक सय ३५ कृषक परिवार रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। 

यता ताप्लेजुङका कृषक परिवारले भोगचलन गरेको जग्गाको कुल क्षेत्रफल २० हजार दुई सय ८४.८ हेक्टर रहेकोसमेत २०७८ सालको जनगणना प्रतिवेदनबाट देखिएको छ। कृषि क्षेत्रमा उपयोग भएको जग्गामा सिँचाइ सुविधा उपलब्धताको हिसाबले सिरिजंगामा सबैभन्दा बढी र मेरिङ्देन गाउँपालिकामा सबैभन्दा कम रहेको जनगणनामा उल्लेख छ। क्षेत्रफलमध्ये आठ हजार २०५.८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पर्याप्त रहेको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ।