
मधेश प्रदेश सरकारले आज प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेश नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले बताए। नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।