१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ २४ शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १६:५७:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले कामना गरेर मात्र नहुने अनि कसैले आएर नबनाइदिने भएकोले   आफ्नो देश आफैँले आफ्नै प्रयासमा बनाउनुपर्ने बताएका छन।   

मोरङको कटहरी २, हन्दीबारीमा जीवन विकास लघुवित्तले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार उद्घाटन गर्दै प्रम ओलीले जीवन विकासले जस्तै गरी आफ्नै प्रयासमा देश आफैँले बनाउनुपर्छ भनेका हुन्।   

प्रम ओलीले एउटा व्यक्त्तिले पनि उद्देश्य असल राख्यो भने सामाजिक हितका लागि सकारात्मक काम गर्न सक्दोरहेछ भन्ने उदाहरण जीवन विकास सामुदायिक अस्पताल भएको बताए। उनले सरकारलाई पनि गर्न गाह्रो पर्ने काम जीवन विकास लघुवित्तका संस्थापक तथा अस्पतालका अध्यक्ष स्वतन्त्र सांसद योगेन्द्र मण्डलले गाउँमा अस्पताल खोलेर चुनौतीपूर्ण काम गरेको भन्दै धन्यवाद दिए।

दक्षिणको हुलाकी राजमार्ग क्षेत्रका र भारतीय नागरिकसमेतलाई लक्ष्य गरेर जीवन विकासले गाउँमा अस्पताल सञ्चालनमा ल्याएकोमा प्रम ओलीले स्थानीयवासीलाई धन्यवाद दिँदै भने, ‘तपाईंहरूले काम नेता गर्ने सिर्जनशील जनप्रतिनिधिलाई विजयी गराउनुभएकोमा धन्यवाद जो कोही साधारण मानिसले  यस्तो हितकारी काम गर्न सक्दैन।’  

उद्घाटन कार्यक्रममा  राष्ट्रिय सभाका सांसद गोपीबहादुर अछामी , प्रतिनिधिसभा लेखा समिति सभापति ऋषिकेश पोखरेल, एमाले उपाध्यक्ष गुरु बराल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, कोशीका आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, संघीय सांसद भगवती चौधरीलगायतले विकट ग्रामीण बस्तीमा सामुदायिक अस्पताल खोलेर उपचारका लागि गाउँबाट सहर जानुपर्ने बाध्यता अन्त्य गराएर सीमान्तकृत समुदायलाई गुन लगाएको बताए। 

देशभर शाखा कार्यालय रहेको जीवन विकास लघु वित्तले मोरङको कटहरी २, हन्दीबारीमा   कम्पनी  ऐनअनुसार २ अर्ब लगानीमा पाँचतले सुविधा सम्पन्न सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको हो।