
एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद स्वत: निलम्बनमा परेको छ। अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै पूर्वप्रधानमन्त्री नेपालको पद स्वत: निलम्बनमा परेको हो ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार नेपालको सांसद पद स्वत: निलम्बन भएको हो।